२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । साताको पाचौं कारोबारको दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको हो ।
साथै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij