Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर, सस्तोमा डाटा र भ्वाइस प्याक

संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर, सस्तोमा डाटा र भ्वाइस प्याक


  • 1.1K
    Shares

    संविधान दिवसमा नेपाल टेलिकमको अफरै अफर, सस्तोमा डाटा र भ्वाइस प्याक
    images

    काठमाडौँ । नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको अवसरमा आगामी संविधान दिवस तथा राष्ट्रिय दिवस विशेष रुपमा मनाइने भएको छ । यसै अवसरमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘संविधान दिवस अफर २०८२’ सार्वजनिक गरेको छ ।

    टेलिकमका अनुसार असोज २ गतेदेखि ४ गतेसम्म लागू हुने सो अफर अन्तर्गत रु. ४९ मा १ दिनको १ एमबीपीएस अनलिमिटेड डाटा र १०० मिनेट अन-नेट भ्वाइस सुविधा उपलब्ध हुनेछ ।

    त्यसैगरी, डाटा प्याकेजमा

    रु. १११ मा ५ दिनका लागि ६ जीबी,

    रु. १९९ मा ७ दिनका लागि १३ जीबी,

    रु. २९९ मा १२ दिनका लागि २० जीबी, र

    रु. ३९९ मा १५ दिनका लागि ३० जीबी प्याक उपलब्ध हुने जनाएको छ ।

    यसै अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ । प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड प्रयोगकर्ताका लागि ३० दिनको अवधिसम्म लागू हुने सो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहनेछ ।

    पोस्टपेड प्रयोगकर्ताले यो प्याकेज खरिद गर्दा मासिक रेन्टल चार्जमै शुल्क समायोजन हुने सुविधा पनि टेलिकमले उपलब्ध गराएको छ । ग्राहकहरूले असोज २ देखि ४ गतेसम्म *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत यी प्याकेज खरिद गर्न सक्नेछन् ।

    viber_image_2025-09-17_17-11-05-438.jpg

    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १९:१०:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij