Logo

२०८३ बैशाख १३ गते आइतवार

२०८३ बैशाख १३ गते आइतवार

एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब नाफा, कसले कति ?

एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे ८ अर्ब नाफा, कसले कति ?


  • 1.2K
    Shares

    एक महिनामा वाणिज्य बैंकहरुले कमाए साढे  ८ अर्ब नाफा, कसले कति ?

    काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२\८३ को पहिलो महिना नाफाको विवरण  सार्वजनिक गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार एकै महिना झन्डै साढे ८ अर्ब नाफा कमाएका छन् ।

    साउनमा २० वटा बैंकहरुले ८ अर्ब ३८ करोड २९ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो नाफा अघिल्लो वर्षको साउनको तुलनामा भने झिनो (०.०८ प्रतिशत) कमी  रहेको छ । 

    साउनमा सबैभन्दा धेरै नाफा ग्लोबल आइएमई बैंकले कमाएको छ । बैंकले ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  नबिल बैंकले ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

    साउन महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६३ करोड ४२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । ग्लोबल, नबिल र इन्भेष्टमेन्ट बैंकले ८९ करोड २४ लाख ८० करोड ३३ लाख र ५७ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका थिए ।

    प्राइमले ५० करोड ४९ लाख, कुमारीले ४९ करोड २४ लाख, एभरेष्टले ४८ करोड ३९ लाख, राष्ट्रिय वाणिज्य बैंकले ५५ करोड ८३ लाख, एनएमबिले ४६ करोड ६७ लाख, हिमालयनले ४० करोड ८९ लाख, नेपाल बैंकले ५५ करोड २७ लाख र सिद्धार्थ बैंकले ४० करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

    एनआइसी एशिया ३१ रकोड ९३ लाख, प्रभूले ३० करोड २३ लाख, लक्ष्मी सनराइज बैंकले ३९ करोड ४४ लाख, सानिमाले ३९ करोड २ लाख, स्ट्याण्डर्ड चार्टर्डले २७ करोड १६ लाख, माछापुच्छ्रेले २६ करोड ५२ लाख, नेपाल एसबिआईले १५ करोड ८९ लाख, कृषि विकासले ३७ लाख ५० हजार र सिटिजनले २७ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् । 

     

    images
    प्रकाशित मिति :आश्विन १ २०८२ बुधवार - १६:१६:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij