२०८२ आश्विन २७ गते सोमवार
काठमाडौं । जेनजी प्रदर्शनमा पोखरामा एसपीका बर्दी लएर सडकमा हिँड्ने युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भदौ २४ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा आगजनी गरेपछि एक जना युवकले एसपी श्यामबावु ओलियाको बर्दी लगाएर हिँडेको भिडियो सामाजिक सञ्जालमा भाइरल रहेको छ ।
बर्दी लगाउने रुकुम पूर्व घर भएका दिपेश शाही ठकुरी रहेका छन् । उनलाई नियन्त्रणमा लिएर प्रहरीले सार्वजनिक अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कास्कीका एक जना अधिकृतले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij