Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

को बन्ला पर्यटन मन्त्री ? को-को छन् चर्चामा ?

को बन्ला पर्यटन मन्त्री ? को-को छन् चर्चामा ?


  • 1.3K
    Shares

    को बन्ला पर्यटन मन्त्री ? को-को छन् चर्चामा ?
    images

    काठमाडौं । जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । प्रधानमन्त्री कार्कीले सोमवार आफ्नो मन्त्रीमण्डलमा तीन सदस्य थपेर यसलाई विस्तार गरेकी छिन् । 

    प्रधानमन्त्रीले आगामी दिनमा योग्य व्यक्तिहरुलाई विभिन्न मन्त्रालयको जिम्मेवारी सुम्पने तयारी गरिरहेकी छिन् । स्वास्थ्य मन्त्रीको जिम्मेवारी वहन गर्न वरिष्ठ चिकित्सक डा.सन्दुक रुइतले अस्विकार गरेको जानकारी प्राप्त भएको छ ।

    डा.रुइतको अस्विकृतिपछि प्रधानमन्त्री कार्की स्वास्थ्य मन्त्रालयमात्र होइन सञ्चार मन्त्रालय, कृषि मन्त्रालय, पर्यटन मन्त्रालयमा पनि कुशल नेतृत्वको आवश्यता रहेको बताएकी छिन् । 

    साथै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको नेतृत्वका लागि अहिले केही व्यक्तिहरुको नाममा चर्चामा आउन थालेको छ । अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा चर्चामा आएका व्यक्तिहरु हुन् क्याप्टेन विजय लामा, फुर गेल्जे शेर्पा, पूनम यादव र विनायक यादव रहेका छन्  ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १८:२७:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij