Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थाल्यो, भाडा वृद्धि नहुने

उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थाल्यो, भाडा वृद्धि नहुने


  • 764
    Shares

    उपत्यकाबाट बाहिरिने यात्रुको चाप बढ्न थाल्यो, भाडा वृद्धि नहुने
    images

    काठमाडौं । चाडपर्व नजिकिँदै जाँदा उपत्यका बाहिरिने यात्रुको चाप अहिलेदेखि नै बढ्न थालेको छ । गत वर्षमा घटस्थापनादेखि मात्रै उपत्यकाबाट बाहिरिने यात्रुको चाप हुने गरेकामा यस वर्ष भने घटस्थापनाभन्दा अघिदेखि नै यात्रुहरू गन्तव्यतर्फ प्रस्थान गर्न थालेका हुन् ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो तीन दिनमै करिब चार लाख यात्रुले उपत्यका छाडेको जानकारी दिएका छन् । 

    त्यस्तै महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले अहिलेको विषम परिस्थिति सम्झँदै पनि भाडा वृद्धि नगरी सेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनका अनुसार अग्रिम टिकट प्रणालीभन्दा पनि सवारी साधनको उपलब्धताका आधारमा टिकट काटिने व्यवस्था मिलाइएको छ ।

    मंगलबार विभागमा यातायात व्यवसायी र सरोकारवाला निकायसँगको छलफलमा महानिर्देशक राजीव पोखरेलले सडक क्षेत्रमा सुशासन कायम गर्न र अवरोध हुन नदिन सडक विभागसँगको सहकार्यमा ठाउँ–ठाउँमा डोजर लगायतको व्यवस्था गरिने जानकारी दिएका छन् । 

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १५:३४:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij