Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

धरान पुगेर आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोए हर्क साम्पाङ

धरान पुगेर आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोए हर्क साम्पाङ


  • 1.1K
    Shares

    धरान पुगेर आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोए हर्क साम्पाङ
    images

     काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेनजी आन्दोलनपछिको परिस्थिति सम्झिँदै धुरुधुरु रोएका छन् ।

    धरान पुगेका साम्पाङ पत्रकारहरूको भेटमा विदेशीले देशलाई टेकओभर गर्न सक्ने सम्भावना रहेको भन्दै हर्क भक्कानिएका छन् । धरानमा केही पत्रकारहरूसँग कुरा गर्दै साम्पाङले आफूलाई खानेपानी र श्रम मन्त्री दिइएको भए पनि स्वीकार नगर्ने बताएका छन् ।

    आफूलाई प्रधानमन्त्री बनाउने विषयमा काठमाडौंमा धेरै छलफल भए पनि निष्कर्ष ननिस्किएको समेत बताएका छन् । साम्पाङले भने, अरूलाई ढोगेर पद पाउँ भन्ने खालको मान्छे होइन म । धरानको मेयर टिका लगाएर होइन, १० वर्षसम्म एक्लै चप्पल पड्काएर अभियान चलाएर पाएको हो ।’

    गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि मेयर हर्क साम्पाङ काठमाडौं आएका थिए भने धरान उपमहानगरकै गाडीमा काठमाडौं आएका उनी अहिले धरान फर्किएर त्यहाँ पत्रकारहरूसँग भेटघाट गरेका छन् ।

     

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १४:०४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij