Logo

२०८२ आश्विन २७ गते सोमवार

२०८२ आश्विन २७ गते सोमवार

सन्दुकलाई भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की

सन्दुकलाई भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की


  • 582
    Shares

    सन्दुकलाई भेट्न तिलगंगा पुगिन् प्रधानमन्त्री कार्की
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग छलफल गरेकी छन् ।

    मङ्गलवार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुने बारे छलफल गरेकी हुन् ।

    प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गरेले सहयोग गर्न डा रुइतसँग आग्रह गरेकी थिइन् । जवाफमा डा. रुइतले आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएको बुझिएको छ । छलफलपछि डा रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

    जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्री बन्ने चर्चा चलेपछि रुइतले भने आफू चिकित्सकीय पेशामार्फत नागरिकको सेवामा तल्लीन हुने बताउँदै आएका छन्।

    प्रकाशित मिति :भाद्र ३१ २०८२ मंगलवार - १२:२४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij