२०८२ आश्विन २६ गते आइतवार
काठमाडौं । निजामती कर्मचारी अस्पतालबाट सामान्य उपचारपछि ३६६ जना घाइते डिस्चार्ज भएको विवरण सार्वजनिक भएको छ ।
अस्पतालले मंगलबार जारी गरेको सूचनाअनुसार आन्दोलनपछि अस्पतालमा ४६१ जना घाइते आएका थिए । त्यसमा ४४ जनालाई अन्य अस्पतालमा रेफर गरिएको र ५१ जना भर्ना भएको अस्पतालले जनाएको छ ।
यस्तै भर्ना भएकामध्ये ४२ जना डिस्चार्ज रहँदा अझैपनि ९ जना भर्ना भएर उपचाररत छन् । यसैगरी भर्ना भएकामध्ये कुल ५० जनाको शल्यक्रिया गरिँदा ११ जनाको पुनः शल्यक्रिया गर्नुपरेको समेत अस्पतालको सूचनामा उल्लेख छ ।
यस्तै सोही अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु समेत भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij