Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै

हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै


  • 9.5K
    Shares

    • images
    हिमालयन हाइड्रोपावर कम्पनीले २२ लाख कित्ता आईपीओ निष्कासन गर्दै
    images

    काठमाडौं । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएका छ । कम्पनीले २२ करोड बराबरको २२ लाख कित्ता निष्कासन गर्न लागेको हो ।

    कम्पनीको आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘एनपी आइआर बीबी प्लस’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्दछ ।

    हिमालयन हाइड्रोपावरले कास्की जिल्लामा ११.८८ मेगावटको नमर्जुन मादी हाइड्रोपावर प्रजेक्ट निर्माण गरिरहेको छ । यसको कुल लागत २ अर्ब २७ करोड ३० लाख रुपैयाँ रहेको छ ।

    प्रतिमेगावट लागत १९ करोड १० लाख रुपैयाँ छ । हिमालयन हाइड्रोपावर कम्पनी लिमिटेड सन् २००४ मा स्थापना भएको कम्पनी हो । हाल कम्पनीको चुक्ता पुँजी ६६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:१९:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij