Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो

जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो


  • 1.9K
    Shares

    जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो
    images

    काठमाडौं । जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक जना युवकको भिडियो भाइरल रहेको छ । न्यूरोड स्थित प्रहरी वृत्त जनसेवा लगायतका प्रहरीका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक सुरज कुमार रौनियार रहेका छन् । 

    पर्सा घर भएका रौनियार पूर्व प्रहरी भएको खुलेको छ । भक्तपुरमा कार्यरत रहँदा आपराधिक काममा संलग्न भएको भेटिए पछि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो । 

    जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा तिनै रौनियारको संलग्नता देखिएको प्रहरी अधिकृतहरू बताएका छन् । 

    उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्, ‘रौनियारले विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको देखिएको छ । उपत्यका प्रहरी कार्यालयले थप अनुसन्धान गर्ने बताएका छन् । 

      

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १७:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij