Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो

जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो


  • 2.4K
    Shares

    • images
    जेनजी प्रदर्शनको क्रममा डीएसपीको युनिफर्म लगाएर पूर्वजवानले लगाए प्रहरी कार्यालयमा आगो

    काठमाडौं । जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक जना युवकको भिडियो भाइरल रहेको छ । न्यूरोड स्थित प्रहरी वृत्त जनसेवा लगायतका प्रहरीका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक सुरज कुमार रौनियार रहेका छन् । 

    पर्सा घर भएका रौनियार पूर्व प्रहरी भएको खुलेको छ । भक्तपुरमा कार्यरत रहँदा आपराधिक काममा संलग्न भएको भेटिए पछि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो । 

    जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा तिनै रौनियारको संलग्नता देखिएको प्रहरी अधिकृतहरू बताएका छन् । 

    उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्, ‘रौनियारले विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको देखिएको छ । उपत्यका प्रहरी कार्यालयले थप अनुसन्धान गर्ने बताएका छन् । 

      

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १७:१३:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij