Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु, देउवा र सापकोटा अनुपस्थित

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु, देउवा र सापकोटा अनुपस्थित


  • 7.1K
    Shares

    संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु,   देउवा र सापकोटा अनुपस्थित

    काठमाडौँ । संवैधानिक परिषद्को बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो । 

    प्रधानमन्त्री तथा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा तथा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना उपस्थित भएका छन् । 

    प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले भने बैठक बहिस्कार गरेका छन् । कांग्रेस सभापति देउवाले सरकारले संविधान विरोधी काम गरेको भन्दै बैठक अस्वीकार गरेका हुन् । 

    कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश प्रधानमन्त्रीले ल्याएकोमा विमति जनाइरहेको छ । सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबिनै बैठक बस्न सक्ने गरी गत वैशाख २१ मा सरकारले अध्यादेश ल्याएको थियो । 

    प्रधानमन्त्री ओलीले विश्वासको मत लिने अघिल्लो दिन संवैधानिक परिषद बैठक राखेका हुन् । ओलीले प्रतिनिधि सभाबाट भोलि सोमबार विश्वासको मत लिन लागेका छन् ।

    प्रकाशित मिति :बैशाख २६ २०७८ आइतवार - ११:०७:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij