Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विराटनगरको भाटभटेनीमा पनि भेटियो जलेको अवस्थामा मानव कंकाल

विराटनगरको भाटभटेनीमा पनि भेटियो जलेको अवस्थामा मानव कंकाल


  • 834
    Shares

    • images
    विराटनगरको भाटभटेनीमा पनि भेटियो जलेको अवस्थामा मानव कंकाल

    काठमाडौं । जेनजी आन्दोलनका क्रममा सोमबार दिउँसो विराटनगरको भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा मानव कंकाल फेला परेको छ।

    मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार भाटभटेनीको दोस्रो तलामा पूर्ण रूपमा जलेर नचिनिने अवस्थामा हड्डीहरु भेटिएको हुन्। ‘पूरै शरीर नभएर जलेका हड्डी मात्र भेटिएको हो,’ उनले भने। कंकाल पुरुष वा महिला कसको हो भनेर छुट्याउन नसकिएको उनले बताएका छन्। 

    जेनजी आन्दोलनका नाममा अराजक समूहले आगजनी गर्दै तोडफोड र लुटपाट गरेको थियो। आगलागीका बेला चोरीको प्रयासमा गएका व्यक्तिको जलेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ। 

    घटनास्थलमा पुगेर एसपी चिमरिया नेतृत्वको टोलीले अनुसन्धान सुरु गरेको छ। फेला परेको कंकाल कोशी अस्पतालमा परीक्षणका लागि लगिएको प्रहरीले जानकारी दिएको छ। 

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १६:३१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij