Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अर्थमन्त्री खनालमाथि पर्वतका शालिकराम पौडेलले पोखे आक्रोश, हाम्रा गाउँकालाई बजेट छैन

अर्थमन्त्री खनालमाथि पर्वतका शालिकराम पौडेलले पोखे आक्रोश, हाम्रा गाउँकालाई बजेट छैन


  • 1.8K
    Shares

    • images
    अर्थमन्त्री खनालमाथि पर्वतका शालिकराम पौडेलले पोखे आक्रोश, हाम्रा गाउँकालाई बजेट छैन

    काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले सोमबार शपथलगत्तै पदभार ग्रहण गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री खनालले पदभार ग्रहण गरेका हुन् ।

    अर्थमन्त्री खनालले पदभार ग्रहण गरेर कर्मचारीहरूसँग ब्रिफिङ र निर्देशन गर्ने क्रममा एक व्यक्तिले आक्रोश पोखेका छन् । उनी पर्वतको शालिकराम पौडेल रहेका छन् ।

    पौडेलले मन्त्री खनालको छेउमा पुगे भने, ‘७ वटा जिल्लालाई मात्रै तोकेर बजेट बनाइएको छ । हाम्रा गाउँकालाई बजेट छैन,’। 

    पौडेलको आका्रेस नरोकिएपछि अर्थमन्त्री मन्त्री खनालले हात मिलाउँदै ‘हुन्छ, हजुरको शुभ नाम के पर्‍यो ?’ भनेर प्रश्न सोधेका थिए । जवाफमा पौडेलले आफ्नो परिचय दिँदै मन्त्रालयमा बदमासहरू रहेकोले आन्दोलन भएको पौडेल बताएका थिए ।

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १४:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij