Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

प्रहरी चौकी पुनर्निर्माणमा जुट्दै स्थानीय

प्रहरी चौकी पुनर्निर्माणमा जुट्दै स्थानीय


  • 1.3K
    Shares

    प्रहरी चौकी पुनर्निर्माणमा जुट्दै स्थानीय
    images

    काठमाडौं । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको प्रहरी चौकीको पुनर्निर्माणमा स्थानीय बासिन्दाहरु जुटेका छन्।

    गत भाद्र २४ गते भएको जेनजी आन्दोलनमा आन्दोलनकारीहरुले तारकेश्वर नगरपालिका-१, साङलामा रहेको अस्थायी प्रहरी चौकी जलाएर पुर्ण रुपमा ध्वस्त बनाएका थिए । आन्दोलनकारीहरुले प्रहरी चौकी लगायत वडा नम्बर-१ को कार्यालय समेत आगजनी गरेका थिए। 

    स्थानीय जनतालाई सुरक्षा बारे प्रत्याभुति गराउने उदेश्यले तत्काल प्रहरी चौकीलाई पुनर्निर्माण गर्न लागिएको तारकेश्वर नगरपालिका-१ का वडाध्यक्ष विदुर सापकोटाले बताए। जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका कैदीबन्दीहरुले वडा आइ चोरीडकैती अनि लुटपाट गरेको बताउँदै आनन्द टोल सुधार समितिका अध्यक्ष उत्तम अधिकारीले तत्काल प्रहरी चौकीलाई पुनर्निर्माण गरि स्थानीयहरुलाई सुरक्षा गर्नु पर्ने बताए ।

    भेलाले सोही वडाका वडासदस्य अच्युत कुँवरको संयोजकत्वमा ७ सदस्यीय पुनर्निर्माण समिति समेत गठन गरेको छ। चौकी निर्माणको लागि स्थानीय समाजसेवी लगायत व्यावसायीहरुले आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएका छन्।

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १५:२२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij