Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण (तस्बिरहरु)

नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण (तस्बिरहरु)


  • 708
    Shares

    नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण (तस्बिरहरु)
    images

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओमप्रकाश अर्याललाई शपथ गराएका हुन् । 

    राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा उनीहरूलाई आइतबार साँझ नियुक्त गरेका थिए ।

    नवनियुक्त मन्त्रीहरूमध्ये खनाललाई अर्थ,  घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास, अर्याललाई गृह र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको छ । बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हालेकी छन् ।

     

     

    प्रकाशित मिति :भाद्र ३० २०८२ सोमवार - १३:१०:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij