Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

काठमाडौं उपत्यकामा सुरक्षाका लागि थपियो ८ जना एसपी

काठमाडौं उपत्यकामा सुरक्षाका लागि थपियो ८ जना एसपी


  • 1.4K
    Shares

    काठमाडौं उपत्यकामा सुरक्षाका लागि थपियो ८ जना एसपी
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय बिग्रिएको सुरक्षा अवस्थालाई मध्येनजर गर्दै ८ जना एसपी थप गरिएको छ। प्रहरी प्रधान कार्यालयले आजदेखि ८ जना एसपीलाई उपत्यका मातहत रहने गरी खटाएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शेखर खनालले जानकारी दिएका छन्। 

    काठमाडौं जिल्ला प्रहरी परिसरको अपरेसन कमान्डरमा एसपी पवन भट्टराईलाई खटाइएको छ। भट्टराई यसअघि डीएसपी हुँदा पनि काठमाडौं परिसरको अपरेसन कमान्डर रहेका थिए।  

    एसपीहरू बालनरसिंह राणा, दीपक श्रेष्ठ, रुगम कुँवर, कवित कटुवाल, रामेश्वर पौडेल, डिलबहादुर मल्ल र केशव भट्टराईलाई विभिन्न क्षेत्रमा खटाइएको छ। 

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १७:५०:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij