२०८२ आश्विन २८ गते मंगलवार
काठमाडौं । देशका विभिन्न स्थानबाट पुनः राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ। जेनजी आन्दोलनका कारण भदौ २३ गतेदेखि अवरुद्ध भएको सेवा आजदेखि सुरु गरेको हो।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज सूचना जारी गर्दै सेवा सुरु भएको जानकारी दिएको छ।
विभागका अनुसार जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, स्थानीय तह र विभागले तोकेको अन्य स्थानहरूमा सेवा सुरु भइसकेको र अन्य कार्यालयहरूमा क्रमशः सेवा सुचारु हुँदै जाने भएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij