Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

तरकारीको गाडीभित्र ठूलो परिमाणमा भेटियो गाँजा, तीन जना पक्राउ

तरकारीको गाडीभित्र ठूलो परिमाणमा भेटियो गाँजा, तीन जना पक्राउ


  • 1.2K
    Shares

    तरकारीको गाडीभित्र ठूलो परिमाणमा भेटियो गाँजा, तीन जना पक्राउ
    images

    काठमाडौं । विराटनगरमा तरकारीको गाडीभित्र ठूलो परिमाणमा गाँजा फेला परेको छ । गाँजाको कारोबारमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेका छन् । 

    इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले शनिबार राति २६२ किलो ५८० ग्राम गाँजा बरामद गरेको हो । मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार आकस्मिक अपरेशनमा खटिएको प्रहरीले मे १ च ५८२६ नम्बरको बोलेरो गाडी रोक्न खोजेको थियो । 

    प्रहरीले उत्तरतर्फबाट तीव्र गतिमा आउँदै गर्दा रोकेर चेकजाँच गर्न खोज्दा चालक गाडी लिएर नजिकै सडक किनारमै गाडी छाडेर चालक भागेका थिए । गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा माथिल्लो भागमा बन्दकोपीको बोरा देखिए पनि त्यस मुनि ठूलो परिमाणमा गाँजा लुकाएको पाइएको एसपी चिमरियाले बताएका छन् ।

    उनका अनुसार गाडी फेला परेको ठाउँबाटै दुई जना पक्राउ परेका थिए भने पक्राउ पर्नेमा २० वर्षीया सञ्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे रहेका छन् । उनीहरुले प्रारम्भिक सोधपुछमा उक्त गाँजा विराटनगर-१८ का श्यामकुमार यादवको भएको खुलाएका थिए । त्यसपछि प्रहरीले यादवलाई समेत पक्राउ गरेको छ । 

    नियन्त्रणमा लिइएको गाडी, बरामद भएको गाँजा र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ । फरार भएका चालकको तीव्र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । 

     

     

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - १३:०२:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij