Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

घाइतेलाई भेटेर प्रधानमन्त्रीले भनिन्- खुस्काइदिनुपर्थ्यो नि पुलिसको बंगारा !

घाइतेलाई भेटेर प्रधानमन्त्रीले भनिन्- खुस्काइदिनुपर्थ्यो नि पुलिसको बंगारा !


  • 1.5K
    Shares

    घाइतेलाई भेटेर प्रधानमन्त्रीले भनिन्- खुस्काइदिनुपर्थ्यो नि पुलिसको बंगारा !
    images

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर खुस्काइदिनुपर्थ्यो नि पुलिसको बंगारा भनेकी छन्। बिहीबार अन्तरिम सरकारको प्रधानमन्त्रीका रुपमा शपथ लिएपछि शुक्रबार कार्कीले जेनजी आन्दोलनका घाइतेलाई भेटेकी हुन्।

    घाइते भेट्नेक्रममा सिभिल अस्पताल पुग्दा प्रधानमन्त्रीले एक घाइतेसँग गरेको कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रधानमन्त्रीको जिम्मेवारीमा रहेको समयमा हिंसा भड्काउने अभिव्यक्ति दिएको भन्दै उनको आलोचनासमेत भएको छ।

    सामाजिक सञ्जालमा सार्वजनिक छोटो क्लिपमा कार्कीलाई देख्ने बित्तिकै सिभिल अस्पतालमा उपचाररत घाइते युवाले नमस्कार गर्छन्। नमस्कार गरे लगत्तै प्रधानमन्त्री कार्कीले भनेकी छन्- मोटो रहेछ मान्छे त। खुस्काइदिनुपर्थ्यो नि पुलिसको बंगारा !’ 

    प्रकाशित मिति :भाद्र २९ २०८२ आइतवार - ०७:४१:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij