Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

१९ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि

१९ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि


  • 6.3K
    Shares

    १९ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि
    images

    काठमाडौं । १९ जना सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

    वैशाख २७ गते हुने विशेष अधिवेशनका लागि संसद सचिवालयले सांसदसहित संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलगायत १२३५ जनाको पीसीआर परीक्षण गर्दा सांसदसहित १६० जनामा कोरोना पोजेटिभ देखिएको हो । सचिवालयका अनुसार एक जना राष्ट्रिय सभाका सांसदसहित १९ सांसद र १४१ जना संसद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, तथा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीलाई कोरोना संक्रमण भएको छ ।

    पीसीआर परीक्षण गरिएका मध्ये १२३४ जनाको रिपोर्ट प्राप्त प्राप्त भएको सचिवालयले जनाएको छ । सचिवालयले संक्रमित सांसदहरुलाई मतदानमा सहभागिताबारे विभिन्न विकल्पमा छलफल गरिरहेको छ ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १७:०९:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij