Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा देउवा नजाने, गरे अध्यादेशको विरोध

प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा देउवा नजाने, गरे अध्यादेशको विरोध


  • 7.9K
    Shares

    प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद बैठकमा देउवा नजाने, गरे अध्यादेशको विरोध
    images

    काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले पटक पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरेको बताएका छन् ।

    सरकारले पछिल्लो पटक संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाले शनिवार विज्ञप्ति जारी गर्दै बताएका हुन् । उनले यो अध्यादेश संविधानको विशिष्ठ व्यवस्था र मूल भावनाका विपरित रहेको टिप्पणी गरेका छन् ।

    'यसले संविधानको आधारलाई नै भत्काउने कार्य गरेको छ । कानून निर्माण र संशोधन गर्ने संसदको आधारभुत, मौलिक एवं अविछिन्न अधिकारलाई कुण्ठित गरी अध्यादेशका  मार्फत संविधानको संरचना नै भत्किने गरि पटक–पटक अध्यादेश जारी गर्ने काम भएका छन् । सरकारले वदनियतपूर्वक षडयन्त्रमूलक ढङ्गले अध्यादेश जारी गरेको कांग्रेसको ठहर छ,' देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    विज्ञप्तिमा भनिएको छ, अध्यादेश संवैधानिक परिषद्को कार्य विधिलाई नै प्रभावित गरी संवैधानिक निकायमा पार्टीगत नियुक्ति गर्ने कलुषित मनसायबाट प्रेरित छ । नेपाली कांग्रेस संविधानको मुल मर्ममा प्रहार गरि संवैधानिक संरचनालाइ नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ ।

    देउवाले भनेका छन्,संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु ।

    प्रकाशित मिति :बैशाख २५ २०७८ शनिवार - १३:१३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij