Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो

पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो


  • 512
    Shares

    पाँचखालबाट नेपाली सेनाको टोली काठमाडौं पठाइयो
    images

    काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल तालिम केन्द्रबाट नेपाली सेनाको थप टोली काठमाडौं पठाइएको छ ।

    पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रबाट बिहीबार दिउँसो करिब आधा दर्जन गाडीमा नेपाली सेनाको फौज काठमाडौं पठाइएको हो ।

    काठमाडौंमा गत सोमबार र मंगलबार भएको ध्वंसात्मक प्रदर्शनका कारण नेपाली सेनाले सुरक्षा नेतृत्व हातमा लिएको थियो ।

    अहिले पनि राजधानी लगायत देशभर निषेधाज्ञा चलिरहेको छ । यसैबीच सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै थप शक्ति परिचालनका लागि पाँचखाल तालिम केन्द्रबाट सेनाको टोली काठमाडौं पठाइएको हो ।

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १७:०७:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij