Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ

नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ


  • 435
    Shares

    नख्खु कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ
    images

    काठमाडौं । नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो ।

    उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट  भागेका टक्लालाई पक्राउ गरेको छ । सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । 

    उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए । अदालतको आदेशमा, उनलाई जनकपुरको रेडियो टुडेका सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या काण्डको पनि मुख्य योजनाकार पनि भनिएको छ ।

     

     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - १६:०८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij