Logo

२०८२ भाद्र २६ गते बिहिवार

२०८२ भाद्र २६ गते बिहिवार

गौर कारागारबाट फरार १७ जना कैदी भारतमा पक्राउ

गौर कारागारबाट फरार १७ जना कैदी भारतमा पक्राउ


  • 358
    Shares

    गौर कारागारबाट फरार १७ जना कैदी भारतमा पक्राउ
    images

    काठमाडौं । गौरस्थित कारागारबाट मंगलबार राति सामूहिक रूपमा भागेका कैदीमध्ये १७ जनालाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले पक्राउ गरेको छ। सीमावर्ती बैरगनिया प्रहरीसँग समन्वय गरी उनीहरूलाई गौर कारागारमा ल्याइएको  सिडिओ विनोद कुमार खड्काले जानकारी दिएका छन्।

    हालसम्म २९१ कैदीमध्ये ७९ जना नियन्त्रणमा आएका छन् भने बाकी रहेको २१२ जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा नेपालका जितेन्द्र गिरी, गणेश साह, सन्तोष राम, रणधीर यादव, विवेक मिश्र, राजन साह सोनार, अजय यादव, राजेश पटेल र मोहन साह रहेका छन् । भारततर्फका मोनु जायसवाल, राकेश कुमार, मुनिफ कुमार यादव र सुधीर कुमार महतोलगायत रहेका छन्।

    यसअघि बुधबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोलीले जिल्लाका विभिन्न स्थानबाट ३४ जना फरार कैदीलाई नियन्त्रणमा लिएको थियो। सिडिओ खड्काले अझै फरार रहेका २१२ कैदीलाई तत्काल सम्पर्कमा आउन र आत्मसमर्पण गर्न आग्रह गरेका छन्। 

     

    प्रकाशित मिति :भाद्र २६ २०८२ बिहिवार - ११:०९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij