Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लुटपाटमा संलग्न २६ जना पक्राउ, नेपाली सेनाको विशेष सुरक्षा

लुटपाटमा संलग्न २६ जना पक्राउ, नेपाली सेनाको विशेष सुरक्षा


  • 869
    Shares

    लुटपाटमा संलग्न २६ जना पक्राउ, नेपाली सेनाको विशेष सुरक्षा
    images

    काठमाडौं । मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार लुटपाटमा संलग्न २६ जना पक्राउ परेका छन्।

    आन्दोलनमा फाइदा उठाउँदै लुटपाट गर्न पुगेकालाई सेनाले नियन्त्रणमा लिएको हो । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य आग्रहसमेत गरेको छ । सेनाले काठमाडौं र भक्तपुरबाट २६ जनालाई पक्राउ गरेको हो ।

    सेनाले नयाँ बानेश्वरमा बैंक लुटपाटमा संलग्न पाँच, भक्तपुर र काठमाडौंको बौद्ध क्षेत्रमा लुटपाटमा संलग्न २१ जनालाई पक्राउ गरेको हो । दुई दिनदेखि चर्किएको जेनजीको आन्दोलनको फाइदा उठाउँदै केही समूह लुटपाटमा सक्रिय भएपछि सेनाले कारबाही सुरु गरेको हो ।

    सेनाको विशेष सुरक्षा र सक्रियता

    देशका विभिन्न स्थानमा विध्वंसात्मक तथा अराजक गतिविधि देखिएमा तत्काल नेपाली सेनाको मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाटसएप वा भाइबरमा एसएमएस पठाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ ।

    सुरक्षा निकाय पुग्नुअघि स्थानीय समुदायले एकजुट भई निगरानी गर्ने र घटनाबारे सही सूचना आदानप्रदान गरी आफ्नो टोलछिमेक सुरक्षित राख्न सेनाले आह्वान गरेको छ । सामाजिक सञ्जालमार्फत केही व्यक्तिले भ्रामक र अतिरञ्जित सूचना फैलाउन खोजेकाले यस्ता गतिविधिलाई बेवास्ता गरी केवल सही सूचना संप्रेषण गर्न सेनाको आग्रह छ ।

    नेपाली सेना लगायत अन्य सुरक्षा निकाय शान्ति सुरक्षा र अमनचयन कायम गर्न चौबीसै घण्टा खटिइरहेको सेनाले प्रष्ट पारेको छ । नेपाली सेनाले यस्ता चुनौतीपूर्ण परिस्थितिमा नागरिक सचेतना र सहकार्य अत्यन्त जरुरी रहेको भन्दै, सामुदायिक एकता र सही सूचना प्रवाहले सुरक्षालाई थप सबल बनाउने विश्वाससमेत व्यक्त गरेको छ ।

    प्रकाशित मिति :भाद्र २५ २०८२ बुधवार - ०७:२७:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij