२०८२ भाद्र २५ गते बुधवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि जेनजी प्रदर्शनकारीहरू भेला भएका छन् । अहिले उनीहरू विमानस्थलभित्रै प्रवेश गर्ने प्रयास गरिरहेका छन् । उनीहरूलाई रोक्ने प्रयास भइरहेको सुरक्षा स्रोतले बताएका छन् ।
विमानस्थलमा ठूलो मात्रामा नेपाली सेनाको टोली खटाइएको छ । विमानस्थल भने बिहानैदेखि बन्द गरिएको छ । भिडमा उत्तेजित प्रदर्शकारीहरूले विमास्थलबाट पूराना नेताहरू भाग्ने भन्दै प्रदर्शन चर्कारहेका छन् ।
सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । सरकारले लगाएको कर्फ्यू आदेशको वास्तै नगरी अघि बढेका उनीहरूले सिंहदरबारसहित देशका प्रमुख प्रशासनिक कार्यालयमा आगजनीसहित तोडफोड गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij