Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

डा. सन्दुक रुइतको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं

डा. सन्दुक रुइतको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं


  • 428
    Shares

    डा. सन्दुक रुइतको अपिल : सार्वजनिक सम्पत्ति जोगाऔं, संयमित बनौं
    images

    काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले देशभर भइरहेको विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न प्रदर्शनकारीहरूलाई विशेष अपिल गरेका छन्।

    मंगलबार उनले आन्दोलनरत युवा–विद्यार्थीहरूको साहस र दृढताले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्वलाई पछि हट्न बाध्य पारेको भन्दै यो उपलब्धिलाई थप सशक्त बनाउन संयमित रूपमा अघि बढ्न आग्रह गरेका हुन्।

    डा. रुइतले भने, सार्वजनिक सम्पत्ति माथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हरेक नागरिकको पहिलो दायित्व हो। तसर्थ सार्वजनिक सम्पत्तिको नोक्सानी नगरौं र गर्न नदिउँ। संयम बनौं।

    उनले सबैलाई शान्तिपूर्ण ढंगले देश निर्माणमा जुट्न आह्वान गर्दै थपे, सबै मिलेर देश जोगाऔं, सबै जुटेर देश बनाऔं।

     

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १७:१०:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij