Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु

बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु


  • 1.7K
    Shares

    • images
    बानेश्वरमा आज पनि गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं ।  जेन-जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि  काठमाडौंमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ। 

    निजामती कर्मचारी (सिभिल) अस्पतालमा ल्याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। अस्पताल प्रशासनका अनुसार आज अस्पताल ल्याइएका ५१ जनामध्ये एक जनाको मृत्यु भएको हो। 

    यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौंमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ। 

    सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ। 

    प्रकाशित मिति :भाद्र २४ २०८२ मंगलवार - १३:५८:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij