२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । जेन-जी आन्दोलनको दोस्रो दिन मंगलबार पनि काठमाडौंमा फेरि प्रहरीको गोली लागेर थप एक जनाको मृत्यु भएको छ।
निजामती कर्मचारी (सिभिल) अस्पतालमा ल्याइएका घाइतेमध्ये उपचारका क्रममा १ जनाको मृत्यु भएको हो। अस्पताल प्रशासनका अनुसार आज अस्पताल ल्याइएका ५१ जनामध्ये एक जनाको मृत्यु भएको हो।
यसअघि सोमबार बानेश्वरमा प्रहरीको गोली लागेर १७ जनाको मृत्यु भएको थियो। आजसमेत काठमाडौंमा मात्रै प्रहरीको गोलीबाट मारिनेको संख्या १८ पुगेको छ।
सोमबार विराटनगरमा मारिएका २ जनासमेत गर्दा भने मारिएका आन्दोलनकारीको कुल संख्या २० पुगेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij