२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौं । रास्वपाको संसदीय दलको आकस्मिक बैठक सुरु भएको छ । भर्चुअल माध्यमबाट जारी बैठकबाट पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको एक सांसदले बताएका छन् ।
जेनजी आन्दोलन चर्किएपछि रास्वपा यो अवस्थामा पुगेको हो । रास्वपाका सबै सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेको हुन् भने अहिलेसम्म असिम साह र तोसिमा कार्कीले राजीनामा घोषणा गरिसकेका छन्।
हिजो सभापति रवि लामिछानेले सबै सांसदहरुलाई सामूहिक राजीनामा दिनुपर्ने अवस्था आउनसक्ने भन्दै तयार रहन निर्देशन दिएका थिए।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij