Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

जेनजी प्रदर्शन: घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा हुँदैछ उपचार

जेनजी प्रदर्शन: घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा हुँदैछ उपचार


  • 449
    Shares

    जेनजी प्रदर्शन: घाइतेको संख्या ४२२ पुग्यो, यी अस्पतालमा हुँदैछ  उपचार
    images

    काठमाडौं । सोमबार भएको जेनजी प्रदर्शनमा ४२२ जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सरकारी र निजी गरी १४ अस्पतालमा ४२२ जना घाइतेहरूको उपचार भइरहेको छ। 

    मन्त्रालयमा अनुसार सबै भन्दा बढी निजामति कर्मचारी (सिभिल) अस्पतालमा १७० जना घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा ३ जनाको मृत्यु भएको छ। 

    ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ। मन्त्रालयले ट्रमा सेन्टरलाई विपद् योजना बनाएर आकस्मिक विरामीलाई हेर्न निर्देशन दिएको छ। वीर अस्पतालमा १० जना घाइतेहरूको उपचार भइरहेको छ। 

    एभरेष्ट अस्पतालमा १०३ जनाको उपचार भइरहेको छ। मन्त्रालयका अनुसार एभरेष्ट अस्पतालमा ३ जना घाइतेको मृत्यु भएको छ। 

    पाटन अस्पतालमा ६ जना घाइते छन्। 

    काठमाडौँ मेडिकल कलेज (केएमसी)मा ३१ जनाको उपचार भइरहेको छ।

    त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार हुँदै छ।  

    नर्भिक अस्पतालमा ३ जना घाइते छन् भने अन्नपूर्ण न्यूरोमा ४ जनाको उपचार भइरहेको छ।  

    कास्कीमा गण्डकी मेडिकल कलेजमा १ जना र  पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना घाइतेको उपचार भइरहेको छ।

    झापाको दमक अस्पतालमा ७ जना घाइतेको उपचार भइरहेको छ।

    सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ र मोरङको विराट मेडिकल कलेजमा ४ जना घाइतेको उपचार भइरहेको छ।

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - २१:४५:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij