Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, नगरपालिका भवनमा आगो लगाइयो

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, नगरपालिका भवनमा आगो लगाइयो


  • 456
    Shares

    इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु,  नगरपालिका भवनमा आगो लगाइयो
    images

    काठमाडौं । सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । 

    उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो ।

    प्रतिष्ठानमा उपचारका लागि लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताएका छन् ।

    इटहरीस्थित नगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अपराह्न झडप भएको थियो । झडपपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए ।  

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १८:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij