Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, नगरपालिका भवनमा आगो लगाइयो

इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, नगरपालिका भवनमा आगो लगाइयो


  • 1.1K
    Shares

    • images
    इटहरीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु,  नगरपालिका भवनमा आगो लगाइयो

    काठमाडौं । सुनसरीको इटहरीमा जेनजीहरुको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका २ जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका युवा विद्यार्थीमाथि प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएका थिए । 

    उनीहरूमध्ये २ जनाको मृत्यु भएको हो । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतका अनुसार उपचारको लागि अस्पताल ल्याइएका अन्दाजी २५ र ३० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार इलाका प्रहरी कार्यालय इटहरीमा ढुंगामुढा भएपछि प्रहरीले गोली चलाएको थियो ।

    प्रतिष्ठानमा उपचारका लागि लगिएका उनीहरूलाई चिकित्सकले मृत घोषण गरेका हुन् । घटनाबारे प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । प्रजिअ मिश्रले घाइतेको मृत्यु भएको पुष्टि भइनसकेको बताएका छन् ।

    इटहरीस्थित नगरपालिका कार्यालयमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेपछि अपराह्न झडप भएको थियो । झडपपछि प्रशासनले इटहरीमा कफ्र्यु आदेश जारी गरेको थियो । प्रहरीले नगरपालिकाको आगजनीमा संलग्न भएको भन्दै केही युवालाई पक्राउ गरेपछि आक्रोशित प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा ढंगामुढा गरेका थिए ।  

     

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १८:१९:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij