२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । जेनजी आन्दोलनका क्रममा नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय तोडफोड भएको छ । काठमाडौंको आलोकनगरमा रहेको पार्टी कार्यालयमा तोडफोड भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिएका छन् ।
नेता ज्वालाका अनुसार ढुंगामुढाबाट कार्यालयका र झ्यालका सिसाहरू फुटेका छन् । त्यस्तै गेट समेत तोडफोड गरिएको छ ।
यसअघि चैत १५ गते भएको राजावादी पक्षधरको आन्दोलनका क्रममा पनि सो पार्टीको कार्यालय तोडफोड र आगजनीको प्रयास भएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij