Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

जेन–जी आन्दोलन

मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,

मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,


  • 1.5K
    Shares

    • images
    मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,

    काठमाडौं । काठमाडौं भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।  ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो।

    अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

    यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 
    त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। 

    प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।

    मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। 

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij