Logo

२०८२ भाद्र २३ गते सोमवार

२०८२ भाद्र २३ गते सोमवार

जेन–जी आन्दोलन

मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,

मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,


  • 414
    Shares

    मृत्यु हुनेको संख्या १८ पुग्यो, २२ जनाको अवस्था गम्भीर,
    images

    काठमाडौं । काठमाडौं भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगेको छ।  ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको हो।

    अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गरे। ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ। ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

    यस्तै, एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ। उपचारका लागि सिभिल अस्पतालमा पुर्‍याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ। 
    त्यस्तै काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा गोपाल सेडाइँले जानकारी दिए। 

    प्रहरीले दिएको जानकारीअनुसार काठमाडौंको ट्रमा सेन्टर, वीर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताललगायतका अस्पतालमा रहेका घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर छ ।

    मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि छ। अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ। 

    प्रकाशित मिति :भाद्र २३ २०८२ सोमवार - १७:०३:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij