Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण

विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण


  • 6.0K
    Shares

    विवाह भोजमा सहभागी २५ जनामा कोरोना संक्रमण

    बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रवार एकैसाथ कोरोना पुष्टि भएको छ ।

    उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ । संक्रमति भएका अधिकांश केही दिनअघि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए ।

    गाउँमा कोरोना संक्रमणको शंकास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो । बिहीवार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रवार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यतिधेरै जनामा संक्रमण देखिनु स्थानीयको हेलचक्र्याइँ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक चूडामणि कँडेलले जानकारी दिए ।

    गाउँपालिकामा संक्रमण तीव्र गतिमा फैलिएको हुँदा थप सतर्कता अपनाउनु पर्ने कँडेलको भनाइ छ । गाउँभर संक्रमण फैलिएपछि रोकथामका लागि आफूहरू लागि रहेको उनको भनाइ छ ।

    गाउँमा सरकारले निर्देशन गरेको स्वास्थ्य मापदण्ड पालनालाई बेवास्ता गर्दा अस्वाभाविक रूपमा संक्रमणको दर बढेको कँडेल बताउँछन् ।

    जलजला गाउँसँगै अन्य गाउँमा पनि संक्रमणको जोखिम बढेको भन्दै उनले सबैतिर परीक्षण शुरू गरेको बताए । संक्रमणको व्यवस्थापनका लागि गाउँपालिकाले आइसोलेसन तथा अन्य व्यवस्थापनलाई तीव्रता दिएको छ ।

    विवाह भोजमा सहभागी भएका दुलाहा पक्षका आफन्त तथा अन्य गाउँका अधिकांश मानिस बिरामी परेको वडाध्यक्ष प्रेम गलामी मगरले जानकारी दिए । उनले गाउँमा पछिल्लो समय बाहिरबाट आवतजावत बढी भएको र विवाह लगायतका कार्यक्रम नियमित हुँदा जोखिम बढेको बताए । रासस

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - २०:०९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij