२०८२ भाद्र २३ गते सोमवार
काठमाडौं । सत्तारुढ नेकपा (एमाले)का ललितपुरमा जारी दोस्रो विधान महाविधेशनमा पेस गरिएका सबै प्रतिवेदन पारित भएका छन्।
महाधिवेशनको अन्तिम दिन आइतबार प्रतिवेदन प्रस्तुतकर्ताहरु एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले समूहगत छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रतिवेदन पारित गरिएको हो।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक, पौडेलले विधान संशोधन र पोखरेलले संगठनात्मक प्रतिवेदन पेस गरेका थिए।
प्रतिवेदन पास गर्नुअघि अध्यक्ष ओलीले समूहगत छलफलमा उठेका समग्र विषयको जवाफ दिएका थिए। त्यसक्रममा उनी झण्डै २ घण्टा बोलेका थिए। प्रतिवेदन पारित भएसँगै एमालेको दोस्रो विधान महाधिवेशन आजै समापन हुनेछ।
नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले सक्रिय राजनीतिमा आउने चाहना नराखेकै राम्रो हुने बताएका छन् । विधान अधिवेशनमा राजनीतिक प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा आइतबार अध्यक्ष ओलीले पूर्व राष्ट्रपति भण्डारीबारे यस्तो बताएका हुन् ।
‘कमरेड विद्या भण्डारीको सन्दर्भमा पार्टीमा दुई मत छैन । राष्ट्रपति बनायौँ । दोस्रो पटक पनि हुनुभयो’, ओलीको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अत्यन्तै जिम्मेवारीका साथ कार्यकाल पूरा गर्नुभयो । पहिलो महिला राष्ट्रपति, संविधान जारी भएपछिको राष्ट्रपति हो ।’ अध्यक्ष ओलीले भण्डारीलाई सही ढङ्गले मध्यस्थता गर्न सक्ने सामर्थ्य भएको पूर्व राष्ट्रपतिको संज्ञा समेत दिए ।
‘तर, सक्रिय राजनीतिमा आउने चाहना राख्नु हुन्थ्यो । आएपछि पनि अध्यक्ष बन्न आउन खोज्नुभएको छ । यो अहिले सम्भव छैन’, ओलीले भने, ‘अध्यक्षविरुद्ध आलोचना, गलत मनसाय भएका साथीभाइको सहयोग खोज्न थाल्नुभयो । यो सह्य थिएन, भएन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij