Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

हेड्स नेपालको ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन सम्पन्न

हेड्स नेपालको ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन सम्पन्न


  • 344
    Shares

    हेड्स नेपालको ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन सम्पन्न
    images

    काठमाडौं ।  स्वास्थ्य, शिक्षा, कृषि, तथा विकास समाज (हेड्स नेपाल) को ३२ औं साधारण सभा तथा १२औं केन्द्रीय अधिवेशन विशेष समारोहबिच काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ।  

    समाजका अध्यक्ष दिलिप देवकोटाको अध्यक्षतामा सम्पन्न समारोहमा प्रमुख अतिथि मोहना अन्सारी, पूर्व महिला आयोग एवं राष्ट्रिय मानव अधिकार आयोगका आयुक्तस प्रमुख वक्ता गणेश पराजुली, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय स्वतन्त्र पार्टीस अतिथिहरू प्रा।डा। लेखनाथ शर्मा, कार्यकारी अध्यक्ष, नीति अनुसन्धान परिषद तथा पूर्व उपकूलपति, खुला विश्वविद्यालयस हरिसिंह के।सी।, क्याम्पस प्रमुख, साउथ वेष्टर्न स्टेट कलेज, डा. सृजना कोईराला (चालिसे)  लगायतबाट  साधारण सभा तथा केन्द्रीय अधिवेशनको सफलताको कामनासहित नवनिर्वाचित कार्य समितिलाई शुभकामना मन्तव्य राखेका थिए । 

    अधिवेशनको अवसरमा हेड्स नेपालको लागि भूमिदान गर्ने जग्गादाता गोपाल कुमार श्रेष्ठ, तथा आजिवन सदस्यहरू एवं उत्कृष्ट कार्य गर्ने गोरखा जिल्ला समितिका अध्यक्ष ओमबहादुर श्रेष्ठलाई सम्मानसहित प्रमाण-पत्र प्रदान गरिएको थियो। 

    साउथ वेष्टर्न स्टेट कलेजको अडिटोरियम हलमा सञ्चालन भएको समारोहको सञ्चालन महासचिव दिव्यराज पौडेलले गरेका थिए। प्रमुख संस्थापक प्रतापराज वन्तले आमन्त्रित प्रमुख अतिथि, विशेष अतिथि, संरक्षक, आजिवन सदस्यहरू, उपस्थित शुभचिन्तक एवं शुभेच्छुकहरूलाई हार्दिक स्वागत मन्तव्य राखेका थिए। 

    अधिवेशनको बन्द सत्रमा अध्यक्षबाट हालको कार्यसमितिले गरेको विशेष कार्यक्रम घोषणा, विशेष सम्झौता सम्पन्न बारेमा जानकारी गराएका  थिए । त्यसै गरी केन्द्रीय समितिको तर्फबाट महासचिवद्वारा चालु आर्थिक वर्ष २०८१\८२ को प्रगति प्रतिवेदन र २०८२\०८३ को प्रस्तावित कार्यक्रमहरू र कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन पेश गरिएको थियो। प्रस्तुत प्रतिवेदन र कार्यक्रमहरू बन्द सत्रमा उपस्थित सभासदहरूबाट सर्वसम्मतबाट पारित गरिएको थियो।     

    तीन सदस्यीय निर्वाचन मण्डलबाट अध्यक्ष, दिलिप देवकोटास निवर्तमान अध्यक्ष, ईश्वरचन्द्र बानियाँस वरिष्ट उपाध्यक्ष द्वय, दिव्यराज पौड्याल र सन्तमान श्रेष्ठस उपाध्यक्ष द्वय, गायत्री जोशी र राम बाहादुर श्रेष्ठस महासचिव, केशव बर्तौलास सचिव, हिमा ढकालस कोषाध्यक्ष, लक्ष्मीश्चर देवकोटास सह-कोषाध्यक्ष, शान्ति लामा श्रेष्ठस सदस्यहरू, रामकृष्ण शर्मा, हिरालाल श्रेष्ठ, निना रिजाल, ज्ञानेन्द्र पौड्याल, यादव रिजाल, अभिमन्यु खड्गी सहित १ जना पछि थप गर्ने गरी १७ सदस्यीय नव निर्वाचित कार्य समिति घोषणा गरिएको छ। 

    सदस्यहरूको सदस्यता शुल्कबाट र परोपकारी सहयोगी मनहरूको सहयोगमा सञ्चालित नितान्त विशुद्ध तथा पवित्र परोपकारी, सामाजिक, स्वयंसेवी यस संस्थाले स्थापना काल (वि.सं. २०५०) देखि हालसम्म स्वास्थ्य, शिक्षा, कृषि, तथा प्राकृतिक प्रकोपहरूमा देशव्यापी रूपमा योगदान पुर्याउँदै आईरहेको छ ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १४:३१:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij