२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । नेपालमा धर्म प्रचार गरेको आरोपमा पक्राउ परेका अमेरिकन नागरिकलाई जरिवाना तिराएर डिपोर्ट गर्ने निर्णय भएको छ। अध्यागमन विभागले अमेरिक नागरिक डानियल एस कर्नीलाई ५० हजार रुपैयाँ जरिवाना तिराएर डिपोर्ट गरिदिने निर्णय गरेको हो।
उनलाई ११ वर्षसम्म नेपाल आउन प्रतिबन्ध लगाइएको छ। भिसाको उद्देश्य विपरीत इसाइ धर्मको प्रचार गरिरहेको भेटेपछि २०८२ भदौ ९ गते उनलाई पक्राउ गरिएको थियो।
उनले बालगृहका बालबालिकाहरूलाई इसाइ धर्म सिकाउने गरेको र धर्म परिवर्तन गर्न लगाउने गरेको आरोप पनि छ। यस्तै फ्रान्सका एक जना र इण्डोनेसियाका ४ जना नागरिकलाई पनि डिपोर्ट गर्ने निर्णय भएको छ।
फ्रान्सका नागरिक माथिल्ड नाथाइल पर्यटक भिसामा आए पनि व्यवसाय गरिरहेको र डिजिटल कारोबार गरेको भेटिएको थियो।
उनलाई ५० हजार जरिवाना गरेर तीन वर्षसम्म पुनः नेपाल आउन प्रतिबन्ध लगाइएको छ। इन्डोनेसियाका नागरिकहरू पनि टर्किस भाषा पढाउने र धर्म प्रचार गर्ने गरेको आरोप छ।
उनीहरूलाई पनि ५० हजारका दरले जरिवाना र ३ वर्ष पुनः नेपाल आउन प्रतिबन्ध गर्ने निर्णय अध्यागमन विभागले गरेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij