Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता


  • 694
    Shares

    • images
    विद्यालय गएका बालक चार दिनदेखि बेपत्ता

    काठमाडौं । महोत्तरीको बर्दिबासमा घरबाट विद्यालय पढ्न हिँडेका एक बालक विगत चार दिनदेखि बेपत्ता रहेका छन् ।

    बर्दिबास नगरपालिका-१२ मा अवस्थित जनता माध्यमिक विद्यालय डाँडाटोलमा कक्षा ६ मा पढ्दै गरेका स्थानीय १३ वर्षीय बालक गौतम पासवान गत बिहीबार घरबाट साइकलमा चढेर पढ्न विद्यालय गएकामा उनी अहिलेसम्म घर फर्केर नआएको निजका काका प्रमोद पासवानले बताएका छन् ।

    गौतम बेपत्ता भएपछि परिवारजनले प्रहरी चौकी हात्तीलेटमा खोजीका लागि निवेदन दिएका छन् । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख एवं प्रहरी नायब उपरीक्षक प्रकाश बमले पीडित परिवारले प्रहरी चौकीमा बालक खोजतलासका लागि दिएको निवेदनपश्चात् तुरुन्तै सक्रिय भएको प्रहरी टोलीले बालक गौतमको खोजतलास गरिरहेको बताएका छन् ।

     

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - १३:४४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij