Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अपराध

बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ


  • 1.4K
    Shares

    • images
    बौद्धमा जित मोक्तानलाई अन्धाधुन्ध खुकुरी प्रहार गर्ने व्यक्ति भारतमा पक्राउ

    काठमाडौं । काठमाडौंको बौद्धमा जित मोक्तानलाई खुकुरी प्रहार गर्ने मुख्य नाइकेसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । साउन १२ मा राति ९ बजेर ५५ मिनेटमा मोटरसाइकलमा हिँडिरहेकै अवस्थामा काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–१० घर भएर नयाँ बस्ती बस्ने २९ वर्षीय जित मोक्तान माथि खुकुरी प्रहार भएको थियो ।

    खुकुरी प्रहार गर्ने मुख्य नाइके लोप्साङ लामा तामाङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेले बताए । पक्राउ पर्नेमा लोप्साङसहित ३ जना छन् ।

    सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने २५ वर्षीय लोप्साङलाई भारतको नयाँ दिल्लीमा पक्राउ गरेर काठमाडौं ल्याइएको प्रहरी स्रोतले जनाएको छ । तर, एसएसपी बस्नेतले आरोपीहरूलाई महेन्द्रनगरबाट पक्राउ गरिएको दाबी गरे ।

    खुकुरी प्रहार भएको भोलिपल्ट जित मोक्तान पक्षका मानिसहरूले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ घर भएर गोकर्णेश्वर नगरपालिका–५ नारायणटार बस्ने ५३ वर्षीय अशोक तामाङलाई आक्रमण गरेका थिए ।

    प्रकाशित मिति :भाद्र २२ २०८२ आइतवार - ११:५३:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij