२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । संवैधानिक परिषद् बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा अोलीले आइतबार बस्ने गरी बैठक बोलाएका हुन् ।
परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आह्वान गरेको बैठकले रिक्त रहेका संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गर्ने सम्भावना छ ।
हाल लोकसेवा आयोगमा अध्यक्षसहित सबै पदाधिकारी रिक्त छन् । त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ पदाधिकारी र निर्वाचन आयोगमा एक पदाधिकारी रिक्त छ । समावेशी आयोगले पनि पूर्णता पाएको छैन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij