Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

फेसबुकसहित अरु सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

फेसबुकसहित अरु सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता


  • 1.3K
    Shares

    फेसबुकसहित अरु सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै भाइबरतिर झुम्मिए प्रयोगकर्ता

    काठमाडौं । सरकारले नेपालको फेसबुकसहित २६ सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय गरेसँगै तरङ्ग उत्पन्न भएको छ । 

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, वी च्याट, थ्रेड, इमोसहित २६ सामाजिक सञ्जाल ब्लग गर्ने निर्णय गरेको हो । 
     
    मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्णय कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । तोकिएको समयमा सूचीकरण  हुन नआएका सामाजिक सञ्जाललाई ब्लक गर्ने निर्णय भएको हो । यद्यपि निर्णय कार्यान्वयनको चरणमा रहेको प्राधिकरणको भनाइ छ । 

    सर्वोच्च अदालतको पूर्ण इजलासले स्वदेशी वा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सञ्चालन पूर्व अनिवार्य रूपमा सम्बन्धित साधिकार निकायबाट सूचीकरण गरी अनिच्छित सामग्रीहरूको मूल्याङ्कन र अनुगमन गर्न सरकारको नाममा निर्देशनात्मक आदेश दिएको थियो । 

    उक्त आदेशको परिपालनाका लागि भदौ ९ को मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले ७ दिनको म्याद दिई सामाजिक सञ्जालहरूलाई सूचीकरणका लागि भदौ १२ गते सार्वजनिक सूचना जारी गरेको थियो । तर, तोकिएको समयभित्र पनि सूचीकरणका लागि नआएका सामाजिक सञ्जालहरूको हकमा ब्लक गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । 

    यससँगै अब टिकटक, भाइबर, निम्बुज, विटक, पोपोलाइभमात्रै नेपालमा चल्ने भएका छन् । फेसबुक बन्द हुनुअघि भाइबरमा प्रयोगकर्ताको निकै आकर्षण देखिएको छ । आपसी सम्पर्कका लागि विभिन्न सरकारी तथा गैरकारकारी निकायले भाइबरको सम्पर्क विवरण सार्वजनिक गरिरहेका छन् । यस्तै टिकटक यसअघि नै चर्चित रहेकाले उसको पनि आकर्षण थप बढेको छ । 

    यसैबिच फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति नेपाल पत्रकार महासङ्घले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १८:०५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij