Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

गंगा हेल्थ केयर इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

गंगा हेल्थ केयर इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल


  • 1.2K
    Shares

    • images
    गंगा हेल्थ केयर इन्डष्ट्रिजले आईपीओ निष्काशन गर्ने,  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

    काठमाडौं । साना तथा मझौला कम्पनी गंगा हेल्थ केयर इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले जारी गरेको “साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१” अनुसार कम्पनीले आईपीओ प्रक्रिया अघि बढाएको हो।

    यस प्रयोजनका लागि कम्पनीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धकका रूपमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।  कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशत सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ।

    विक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौतापत्रमा गंगा हेल्थ केयर इन्डष्ट्रिजका अध्यक्ष सुरज प्रसाद खत्री र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन्।


     

     

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - १३:०७:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij