२०८२ भाद्र १९ गते बिहिवार
काठमाडौं । हनुमानढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइएको छ। बिहान १० बजेर ३१ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो।
काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएपछि इन्द्रजात्रा सुरु भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी परम्परागत रूपमा इन्द्रजात्रा मनाउने गरिन्छ ।
भदौ २१ गतेदेखि २६ गतेसम्म कुमारी, गणेश र भैरव रथयात्रा हुने बताइएको छ । पश्चात २६ गते बेलुका १०ः३२ बजे ईन्द्रध्वजपतन गरी जात्रालाई समापन गरिनेछ । ईन्द्रजात्रा मनाउनको लागि भदौ ९ गते वनयात्रा शुरु गरिएको थियो । सो दिन बेलुका वृक्षकर्तन गरेर इन्द्रजात्राको लिङ्गो बनाइएको थियो ।
उक्त लिङ्गोलाई डोरीको सहायताले तानेर भदौ १५ गते नगर प्रवेश गराइएको थियो । इन्द्रजात्राको लिङ्गो ९योसी० ल्याउने, उठाउने, रथखट बनाउने, तान्ने जस्ता जात्रा सञ्चालन कार्यमा नेवार समुदायाका विभिन्न जातिगत समुदायहरुको जिम्मेवारी हुनेछ ।
इन्द्रजात्राको संदर्भमा देवता र असुरबीचको युद्धमा देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर दिएको र ध्वजा इन्द्रले समातेर युद्धमा सहभागी भएको हुनाले त्यस ध्वजालाई ‘ईन्द्रध्वजा’ भनिएको र देवासुर संग्राममा देवताहरुको विजय भएपछि ईन्द्रध्वजाको महत्व बढेको र पूजा भएको प्रसङ्ग पाईन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij