Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

पिसिआर परिक्षणका लागि प्रधानमन्त्री ओलीसहित १०० भन्दा बढीको स्वाब संकलन

पिसिआर परिक्षणका लागि प्रधानमन्त्री ओलीसहित १०० भन्दा बढीको स्वाब संकलन


  • 7.2K
    Shares

    पिसिआर परिक्षणका लागि प्रधानमन्त्री ओलीसहित १०० भन्दा बढीको  स्वाब संकलन
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको लागि स्वाब संकलन गरिएको छ।

    प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको बताए।

    उनले भने, ‘आज बालुवाटारमा प्रधानमन्त्रीज्यूसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १०० जनाभन्दा बढीको स्वाव संकलन गरिएको हो।’

    प्रधानमन्त्री ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिँदै छन्।

    त्यसअगाडि सांसदहरुसहित संसद सचिवालयका कर्मचारी, सुरक्षाकर्मीलगायतको कोरोना परीक्षणका लागि स्वाब संकलन बुधबार र बिहीबार गरिएको थियो।

    त्यसमध्ये बुधबारको परीक्षणमा तीन कर्मचारीसहित चार सांसदमा कोरोना पुष्टि भइसकेको छ। बिहीबार लिइएको स्वाबको रिपोर्ट भने आउन बाँकी नै छ।

    प्रकाशित मिति :बैशाख २४ २०७८ शुक्रवार - १४:४४:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij