Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

फेसबुक लगायतका सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, बन्द गर्ने वा नगर्ने आज निर्णय हुने

फेसबुक लगायतका सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, बन्द गर्ने वा नगर्ने आज निर्णय हुने


  • 1.6K
    Shares

    • images
    फेसबुक लगायतका सामाजिक सञ्जाल सूचीकरणको म्याद सकियो, बन्द गर्ने वा नगर्ने आज निर्णय हुने

    काठमाडौं । नेपाल सरकारले फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जाललाई सूचीकरण हुन दिएको सात दिनको म्याद बुधबार मध्यरातिदेखि सकिएको छ । अब सूचीकरणका लागि निवेदन नदिएका सामाजिक सञ्जालहरुलाई क्रमशस् बन्द गर्ने सरकारले जनाएको छ ।

    सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सूचना अधिकारी रविन्द्रप्रसाद पौडेल सूचीकरणको प्रक्रियामा नआएका सामाजिक सञ्जालहरु अब क्रमश:निष्कृय बनाउनेबारे आज निर्णय हुने बताउँछन् । विहीबार बिहान सूचना अधिकारी पौडेलले भने, ‘सूचीकरण गर्नका लागि दिएको अवधि बुधबार मध्यरातिबाट सकिएको छ । त्यसका लागि निवेदन नदिएकाहरुलाई आज दिउँसोबाट बन्द गर्न सुरु हुन्छ । को–कसलाई कसरी बन्द गर्ने भन्नेबारे मन्त्रीस्तरीय निर्णयबाट हुन्छ ।’

    नेपाल सरकारले सामाजिक सञ्जाललाई नियमन गर्ने उद्देश्यले नेपालमा सूचीकरण हुन आह्वान गरेको थियो । त्यस अनुसार टिकटक, भाइबर, निम्बुज, विटक, ओपोलाइट सूचीकरण भएका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ता प्रक्रियामा छन् । यसअघि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको तत्कालीन सरकारले टिकटकलाई निष्क्रिय बनाएको थियो । तर सरकारको सम्पर्कमा आएर सूचीकरण गर्न राजी भएपछि हाल टिकटक निर्वाध सञ्चालनमा छ ।

    तर फेसबुक, ट्वीटर, युट्युब लगायत लोकप्रिय सामाजिक सञ्जालहरु दर्ता प्रक्रियामा अझै आएका छैनन् । ती सामाजिक सञ्जालहरूलाई क्रमश: निष्कृय पार्ने सरकारको योजना छ । ‘सूचीकरण हुन नआएकाहरुबारे आज दिउँसो केही न केही निर्णय हुन्छ,’ सञ्चार मन्त्रालयका सूचना अधिकारी पौडेलले भने ।

    पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले नियमन गर्न भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पालामा सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० तयार पारेको थियो । त्यसलाई २०८० साल कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो । सो निर्देशिकामा नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । ती प्लेटफार्महरुले हरेक तीन/तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने व्यवस्था छ ।

    सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफार्मलाई जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । साथै सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण र अनुमतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाइ’ गठन गर्ने व्यवस्था छ ।

    प्रकाशित मिति :भाद्र १९ २०८२ बिहिवार - ०८:५४:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij