२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेपाल चिया उत्पादक सघं र श्रमिकहरूको ट्रेड युनियनहरूबीच चिया मजदुरको पारिश्रमिक बढाउने सहमति भएको छ । चिया श्रमिकहरूले पाउने दैनिक तथा मासिक पारिश्रमिक बढाउने भएको हो ।
नेपाल चिया कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राईले नवौँ पटकको वार्तापछि रोजगारदाता र श्रमिकका प्रतिनिधि सङ्गठनहरूबीच मजदुरको न्यूनतम पारिश्रमिक बढाउने सहमति भएको जानकारी दिएका छन् ।
नयाँ सहमतिअनुसार चिया श्रमिकले दैनिकतर्फ न्यूनतम पाँच सय ६५ रुपैयाँ पारिश्रमिक पाउनेछन् भने मासिकतर्फ न्यूनतम १५ हजार छ सय ९९ रुपैयाँ पाउने भएका छन् ।
यसअघि मजदुरले दैनिक पारिश्रमिकतर्फ ५ सय रुपैयाँ र मासिक पारिश्रमिकतर्फ १३ हजार ८ सय ९३ रुपैयाँ पाउने गरेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij