२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । पूर्वी अफगानिस्तानमा गएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।
मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताएका छन्। जसमा ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । २ हजार ५ सय जना घाइते भएको छे। छिमेकी नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ २५५ जना घाइते भएको छ भने लगमान प्रान्तमा ५८ जना घाइते भएको छ । नुरिस्तान प्रान्तमा ४ जना घाइते भएको छ । मृतकको संख्या प्रारम्भिक अनुमान हो ।
मूल्याङ्कन अगाडि बढ्दै जाँदा बढ्ने सम्भावना रहेको अधिकारीले बताएका छन् । आईतवार स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । जसको केन्द्रबिन्दु नान्गारहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij