Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

नाडाको साधारणसभा अन्योलमा, प्रशासनले पठायो पत्र

नाडाको साधारणसभा अन्योलमा, प्रशासनले पठायो पत्र


  • 785
    Shares

    नाडाको साधारणसभा अन्योलमा,  प्रशासनले पठायो पत्र

    काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को भदौ २४ गते हुने भनिएको विशेष वार्षिक साधारणसभा अन्योलमा परेको छ । 

    नाडाले विधान विवाद समाधान नहुँदै महासङ्घमा रूपान्तरण हुने घोषणासहित बोलाएको विशेष साधाणसभा रोक्न जिल्ला प्रशासन कार्यालयले पत्र पठाएको हो । 

    विशेष साधारण सभाका विषयमा नाडाले गैरकानुनी तरिकाले विशेष साधारण सभा बोलाउन लागेको भन्दै प्रशासनमा उजुरी परेको थियो। प्रशासनले नाडालाई विधानको पालना नगरी विशेष साधारण सभा बोलाउनुको कारण र विधान संशोधनको विवादबारे स्पष्टीकरणसहित ७ दिनभित्र उपस्थित हुन भनेको छ ।  

    नाडाको विधान संशोधनका विषयमा जिल्ला प्रशासन कार्यालयमा पटक–पटक छलफल भए पनि हालसम्म विवाद समाधान नहुनुको कारण के हो भनी पनि सोधिएको छ।

    प्रशासकीय अधिकृत जनक कोइरालाद्वारा हस्ताक्षरित पत्रमा नाडालाई विशेष साधारण सभा बोलाउन गरिएका सम्पूर्ण निर्णयहरूसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन र हाल गर्न लागिएको विशेष साधारण सभा तत्काल स्थगन गर्न अनुरोध गरिएको छ।

    नाडाले आफ्नो १७औँ संस्करणको ‘नाडा अटो शो-२०२५’ समापन गर्दै संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने बताएको थियो । भदौ ३ देखि ८ गतेसम्म छ दिन चलेको अटो शोको समापनकै दिन नाडा केन्द्रीय कार्यसमितिको २१ औँ बैठकले संस्थालाई महासङ्घमा रूपान्तरण गर्ने घोषणा गरेको थियो ।

    उक्त बैठकले नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई नाडा अटोमोबाइल्स महासंघ नेपाल (फेडेरेसन अफ नाडा अटोमोबाइल्स नेपाल)मा रूपान्तरण गर्ने विषय अघि सार्दै भदौ २४ गते विशेष साधारण सभा गर्ने तय गरेको थियो ।

    scanned-documents-4_9cuLdWeamk.jpg

    images
    प्रकाशित मिति :भाद्र १७ २०८२ मंगलवार - १२:२७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij