Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

बीजी ग्रुपद्वारा नेपालमा कुलप्याड स्मार्टफोन सार्वजनिक

बीजी ग्रुपद्वारा नेपालमा कुलप्याड स्मार्टफोन सार्वजनिक


  • 295
    Shares

    बीजी ग्रुपद्वारा नेपालमा कुलप्याड स्मार्टफोन सार्वजनिक
    images

    काठमाडौं । नेपालमा मोबाइल फोनको बजारमा अग्रणी भूमिका खेल्दै आएको बीजी ग्रुपले अन्तर्राष्ट्रिय स्मार्टफोन ब्रान्ड ‘कुलप्याड’लाई नेपालमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।  राजधानीमा आयोजित एक समारोहका बीच कम्पनीले कुलप्याडका विभिन्न अत्याधुनिक मोडलहरू प्रस्तुत गरेको हो।

    कार्यक्रममा बीजी ग्रुपका अध्यक्ष साहेबलाल साहले नेपाली उपभोक्ताका लागि विश्वस्तरीय उत्पादन र सेवा ल्याउने आफ्नो प्रतिबद्धता व्यक्त गरे। त्यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत समर्पण मिश्रले १५ वर्षभन्दा लामो अनुभव र सामूहिक प्रयासकै कारण नेपाली बजारमा नयाँ प्रविधि भित्र्याउन सम्भव भएको बताए । 

    नेपालमा सार्वजनिक गरिएका प्रमुख मोडलहरू

    कुलप्याड एक्स 100 M : १०८ मेगापिक्सल ट्रिपल क्यामेरा, एच२ अल्ट्रा स्मूथ डिस्प्ले र ६९९ रोगट प्रोसेसरसहित ‘नेक्स्ट-लेभल कुल’ स्लोगनमा बजारमा आएको छ।

    कुलप्याड सी 16 C : ‘सी पावर’ नारासहित आएको यस मोडलमा ५० एमपीएआई ट्रिपल क्यामेरा र ५००० एमएएच ब्याट्रीको सुविधा छ।

    कुलप्याड सी 15 M : ‘स्टाइल मिट स्ट्रेन्थ’ नारामा प्रस्तुत यस फोनले बलियो बनावट र आकर्षक डिजाइनलाई जोड दिएको छ।

    कुलप्याड सीपी 12 : १२० हट्ज स्मूथ डिस्प्ले र ५००० एमएएच ब्याट्रीसहित उत्कृष्ट प्रयोगकर्ता अनुभव दिने गरी तयार गरिएको छ।

    कम्पनीका अनुसार, कुलप्याडका यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछन्।

    कुलप्याड एक्स 100 M : १०८ मेगापिक्सल ट्रिपल क्यामेरा, एच२ अल्ट्रा स्मूथ डिस्प्ले र ६९९ रोगट प्रोसेसरसहित ‘नेक्स्ट-लेभल कुल’ स्लोगनमा बजारमा आएको छ।

    कुलप्याड सी 16 C : ‘सी पावर’ नारासहित आएको यस मोडलमा ५० एमपीएआई ट्रिपल क्यामेरा र ५००० एमएएच ब्याट्रीको सुविधा छ।

    कुलप्याड सी 15 M : ‘स्टाइल मिट स्ट्रेन्थ’ नारामा प्रस्तुत यस फोनले बलियो बनावट र आकर्षक डिजाइनलाई जोड दिएको छ।

    कुलप्याड सीपी 12 : १२० हट्ज स्मूथ डिस्प्ले र ५००० एमएएच ब्याट्रीसहित उत्कृष्ट प्रयोगकर्ता अनुभव दिने गरी तयार गरिएको छ।कम्पनीका अनुसार, कुलप्याडका यी सबै मोडलहरू अब देशभरका प्रमुख मोबाइल स्टोरहरूमा उपलब्ध हुनेछन्।

    प्रकाशित मिति :भाद्र १६ २०८२ सोमवार - ११:३०:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij